
काठमाडौं, २२ चैत– मुलुकभर सञ्चालित करिब साढे ३४ हजार सहकारी संस्थामा आधाभन्दा बढी महिला छन् । मुलुकमा सञ्चालित ३४ हजार ५ सय १२ वटा सहकारी संस्थामा ६३ लाखभन्दा बढी सदस्य आबद्ध छन् ।
जसमध्ये करिब ५१ प्रतिशत महिला र बाँकी ४९ प्रतिशत पुरुष सदस्य रहेको सरकारी तथ्याङक छ ।
बहुसंख्यक बचत तथा ऋण सहकारीबाहेक धेरै संस्था ग्रामीण भेगमा सञ्चालित छन् । सहकारीमा महिला आवद्धता आधाभन्दा बढी भए पनि संस्थाको व्यवस्थापन तहमा ३९. ३५ प्रतिशत मात्र छ ।यसको अर्थ निर्णायक तहमा भने अझै पुरुषकै बाहुल्यता छ ।, कान्तिपुरमा खबर छ।