२२ जेठ २०८३, शुक्रबार

निजी विद्यालयलाई शिक्षामन्त्रीले दिए यस्तो निर्देशन

चैत २२, २०७४
निजी विद्यालयलाई शिक्षामन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं, २२ चैत– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जथाभावी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरूलाई निर्देशन दिएका छन् । शिक्षा क्षेत्र उच्चतम मुनाफा कमाउने क्षेत्र नभएकोले जथाभावी शुल्क नलिन मन्त्री पोखरेलले निर्देशन दिएका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले मन्त्रालयको निर्देशिका, ऐन, नियममा रहेर शुल्क लिन आग्रह गरेका हुन् । नियमविपरीत शुल्क उठाएको गुनासाहरू आएका भन्दै उनले अनियमित कार्य तत्काल बन्द गर्न निर्देशन दिए ।

कार्यक्रममा मन्त्री पोखरेलले विद्यार्थीले बोक्नै नसक्ने गरी अव्यावहारिक ढंगले पुस्तक किन्न नलगाउनसमेत आग्रह गरे । विद्यार्थीलाई पुस्तकको भारी बोकाएर शिक्षा नबढ्ने उनको भनाइ छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्