
काठमाडौँ, २२ चैत - पश्चिमी वायुको प्रभावले बुधबार देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भयो ।
पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ ।