
काठमाडौं, २३ चैत– बेलायतले झूठो कथा बुनेर आगोसँग खेलिरहेको भन्दै रुसले चेतावनी दिएको छ । जासूस प्रकरणमा बेलायतले लगाएको आरोप झुटो रहेको रुसले जनाएको छ ।
उसले झूठो मुद्दा बनाएर बेलायतले आगोसँग जिस्किरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा बैठकमा मस्कोका प्रतिनिधि भासिली नेबेन्जिआले बेलायतको मूख्य लक्ष्य नै रुसलाई बदनाम गर्नु रहेको उल्लेख गरे ।
पूर्वजासूस प्रकरणमा रुसको हात रहेको आरोप बेलायतको छ भने रुसले आरोप अस्वीकार गर्दै आएको छ ।
रुसलाई बद्नाम गर्नकै लागि विष पिलाउने दुष्कर्ममा रसियन नामसँग मिल्ने नशाका दलाल नोभिचोकलाई प्रयोग गरिएको उनको दलील थियो । पूर्वरुसी जासूस सरर्गेई स्क्रिपल र उनकी छोरी युलियामाथि विष खुवाएर मार्ने षड्यन्त्र गरेको आरोप रुसमाथि लागेको छ भने रुसले आरोप अस्वीकार गर्दै आएको छ ।