२५ जेठ २०८३, सोमबार

नेपाली अर्थतन्त्र कांग्रेसले बिगारेको होइन- नेता सिंह

नेपाली अर्थतन्त्र कांग्रेसले बिगारेको होइन- नेता सिंह

काठमाडौं, २३ चैत- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क गरेका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सि‌ंहले कांग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताए ।

उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि कांग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताए ।

सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले आठवटा संस्थाबाट शुरु गरेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको जानकारी दिए ।

महाधिवेशनमा संस्थाका अध्यक्ष गणेशबहादुर केसीले सत्ताधारी दलले ट्रेड युनियनलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्