२९ असार २०८३, सोमबार

न्यायाधीशलाई सम्पति सार्वजनिक गर्न कुनै आपत्ति छैन- कामु प्रधानन्यायाधीश जोशी

न्यायाधीशलाई सम्पति सार्वजनिक गर्न कुनै आपत्ति छैन- कामु प्रधानन्यायाधीश जोशी

काठमाडौं, २३ चैत-कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्न कुनै आपत्ति नभएको बताएका छन् ।

न्यायिक पत्रकारसँगको भेटमा आज उनले भने, 'सरकारले सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानून बनाएमा न्यायाधीशलाई सम्पत्ति सार्वजनिक गर्न कुनै आपत्ति हुने छैन ।'

कामु प्रधानन्यायाधीश जोशीले “न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्नुपर्ने कुरा आएको छ, अहिलेसम्म त्यस खालको कानून छैन, सरकारले कानून बनाएमा त्यो ठूलो कुरा हाइन,” भन्दै न्यायलयबाट राम्रो फैसला पनि हुने गरेको तर नकारात्मक कुरालाई मात्र सञ्चारमाध्यमले बढी प्राथमिकता दिएको बताए ।

न्यायका क्षेत्रमा गरेका सुधार र राम्रो पक्षलाई पनि अध्ययन गर्न आग्रह गर्दै उनले समयमा मुद्दा फछ्र्यौट हुन नसक्नुमा जनशक्तिको अभाव रहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्