२१ जेठ २०८३, बिहीबार

तोकेको ठाउँमा जान नचाहनेले जागिर छाड्नु पर्छ : लालबाबु पण्डित

चैत २३, २०७४
तोकेको ठाउँमा जान नचाहनेले जागिर छाड्नु पर्छ : लालबाबु पण्डित

पाल्पा, २३ चैत- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीले  जागिर छोड्नुपर्ने बताएका छन्  । 

पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २० औँ वार्षिकोत्सवमा उनले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुने बताए  । 

मन्त्री पण्डितले भने  — “अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जाँदा राम्रो होला, त्यस ठाउँमा नयाँ पुस्ताका कर्मचारीबाट नयाँ ढंगबाट काम लिइन्छ ।” 

निर्वाचित जनप्रतिनिधिलाई समेत आफ्नो सेवा र सुविधामा मात्र ध्यान नदिई जनताको सेवामा समर्पित हुन पनि उनले आग्रह गरे । 

पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो मदनपोखराले जनयुद्धमा  अनेक धम्की आउँदासमेत जनताको सु सूचित हुने अधिकारको प्रवद्र्धनका लागि अटल भएर कार्य गरेकोमा प्रशंसा गरे । 

salt training

कमेन्ट गर्नुहोस्