
कालो हरिण शिकार मामलामा सलमान खान दुई दिन देखि जेलमा छन् ।
जेलमा उनीसँग फोटो खिच्ने र अटोग्राफ लिने व्यक्तिको भीड लागको छ । डिउटीमा रहेका थानेदारहरु सलमानलाई भेट्न पुगे ।
तर सोही जेलमा नै रहेका आसाराम बापूलाई भने सलमानको यो हर्कत मन परेन र उनी रिसाए ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार आसाराम बापू सलमान खानसँग रिसाउका हुन् । उनले जेलकर्मीसँग भने,‘सलमान खान सेलिब्रेटी हुन् भन्दैमा उनीसँग सबै भेटघाट गर्न आउने मसँग भेटवार्ता गर्न किन कोही नआउने ।’
सलमान खानको जमानतका विषयमा सुनुवाई पुरा भएको छ । केही क्षणमा फैसला आउने छ ।
आसाराम बलात्कार प्रकरणमा जेलमा सजाय काटिरहेका छन् ।