०२ असार २०८३, मंगलबार

एकीकृत पार्टीमा कस्तो हुन्छ अध्यक्षद्वयको हैसियत ?

चैत २५, २०७४
एकीकृत पार्टीमा कस्तो हुन्छ अध्यक्षद्वयको हैसियत ?

काठमाडौँ, २५ चैत -एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ ।

अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन बनाएको हो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । ‘एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष रहने, दुवै अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने, बैठकको अध्यक्षता जसले गर्छ, त्यतिबेला उसको वरीयता पहिलो नम्बरमा हुने गरी विधान प्रतिवेदन बनाइएको छ,’ कार्यदलका सदस्य एमाले नेता बेदुराम भुसालले भने, ‘आलोपालो अध्यक्षता हुने भएकाले अघिल्लोपटक पहिलो वरीयतामा रहेको अध्यक्ष पछिल्लोपटक स्वतः दोस्रो वरीयताको मर्यादाक्रममा हुनेछ ।’ नयाँ पत्रिकामा खबर छापिएको छ | 

salt training

कमेन्ट गर्नुहोस्