
बुटवल– बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
बिहान साढे ४ बजेदेखि लागेको आगलागी ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र बुटवल, सिद्धार्थनगर सहित नवलपरासी र कपिलवस्तुबाट झिकाएका ४ वटा दमकलका साथै स्थानीयको सहयोगमा बिहान साढे ८ बजे आगलागी नियन्त्रण्मा लिन सफल भइएको उनले बताए ।
आगलागी विद्युत सर्ट भएर भएको बताइएपनि एकीङ हुन सकेको छैन ।
आइतबार आगलागी भएको भाटभटेनी बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा रहेको छ ्र एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले गत वर्षमात्रै उक्त सुपरमार्केट संचालनमा आएको थियो ।