२५ असार २०८३, बिहीबार

श्रीनिवासमाथि गोली चलाउनेलाई कारवाहीको माग गदै प्रदर्शन, घटनास्थलमा मंगोल नेशनलको पर्चा भेटियो

चैत २५, २०७४
श्रीनिवासमाथि गोली चलाउनेलाई कारवाहीको माग गदै प्रदर्शन, घटनास्थलमा मंगोल नेशनलको पर्चा भेटियो

विराटनगर, २५ चैत–हिन्दू धर्म गुरु आचार्य श्री निवासमाथि भएको आक्रमणको विरोधमा हिन्दू धार्मिक संघ संस्थाले विरोध गरेका छन् । 

विराटनगर १४ स्थित जतुवामा श्रीनिवासमाथि गोली आक्रमण भएको थियो  । त्यसको विरोधमा निस्किएको जुलुले विराटनगर महेन्द्रचोकमा सवारी चल्न दिएका छैनन् । 

उनीहरुले गोली चलाउनेमाथि कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । 

श्री निवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ । 

उनको दायाँ छातीको कुम मुनी गोली लागेको छ । उनीमाथि कसले गोली चलायो भन्ने एकिन भएको छैन तर घटनास्थलमा मंगोल नेशनल अर्गनाइजेशन आर्मी नामक भूमिगत समूहको नाममा  खबरदारी र होसियार ‘हिन्दु धर्मका दलालहरु’ शिर्षकको एउटा प्रचा पनि भेटिएको छ । 

घटनाका बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख अरुण कुमार विसीले जानकारी दिए । 

शौचालय जाँदै थिए धर्मगुरू श्रीनिवास, छातीमा ३ राउण्ड गोली बर्सियो

salt training

कमेन्ट गर्नुहोस्