१२ असार २०८३, शुक्रबार

व्यवसायीलार्इ धम्की दिएर चन्दा असुल गरिरहेका ३ जना पक्राउ

व्यवसायीलार्इ धम्की दिएर चन्दा असुल गरिरहेका ३ जना पक्राउ

पोखरा, २५ चैत– जिल्ला प्रहरी कार्यालयले पोखरा र आसपासका क्षेत्रमा धम्की दिई चन्दा असुली गर्ने तीन जनालाई आज पक्राउ गरेको छ । 

पोखरा लेखनाथ महानगरपालिका–१२ बस्ने ३४ वर्षीय ललित गुरुङ, सोही वडाको शितलादेवी बस्ने २६ वर्षीय दीपेन्द्र परियार र पोखरा लेखनाथ महानगरपालिका–५ बस्ने २५ वर्षीय संगम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको सुरक्षा अवस्थालाई मजबुद बनाउने उद्देश्यले शुरु गरिएको १५ बुँदे कार्ययोजनाअन्तर्गत छड्के जाँचका क्रममा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

विभिन्न व्यक्ति तथा व्यवसायीलाई धाकधम्की दिई चन्दा असुलीको आरोपमा पक्राउ परेका तीनै जनालाई आजै म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्