३० जेठ २०८३, शनिबार

चैत २९ गते मेलम्चीको शुरुङमा ब्रेक थ्रु, दशैं अगाडि ‘काठमाडौंमा पानी पुग्ने’

चैत २९ गते मेलम्चीको शुरुङमा ब्रेक थ्रु, दशैं अगाडि ‘काठमाडौंमा पानी पुग्ने’

काठमाडौं, २५ चैत– खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताएकी छन् ।

नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गदैर् मन्त्री मगरले निरन्तरको ‘फ्लोअप’ र निर्देशनले आयोजना ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताइन् । ‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरे, प्रगति विवरण लिए,’ उनले भनिन् । कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी पुर्याउन सकिने मन्त्री मगरकाे भनाइ थियाे । 

जनताको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने प्राथमिकता सँगसँगै अन्तर्राष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने मन्त्री मगरले बताइन् । ‘हिमश्रृङ्खलाबाट बगेको पानीलाई विदेशमा महंगो मूल्यमा बेच्न सकिन्छ,’ मन्त्री मगरले भनिन्, ‘यसरी सोच्दा खानेपानी उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने र आयआर्जन बढ्ने हुन्छ ।’ 

हिमश्रृङ्खलाबाट बगेको पानीको गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारमा रुचाउने गरिएको उनकाे भनाइ थियाे । वर्तमान सरकारमा ७ नम्बर प्रदेशबाट एक्लै मन्त्री भएकाले जनताको धेरै आशा पूरा गर्नु चुनौतिपूर्ण भएपनि स्यावासी पाउने गरी काम गर्ने मन्त्री मगरले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्