
काठमाडौं, २५ चैत– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र नेपालका लागि संयुक्त अरब ईमिरेट्स् (युएर्इ)का राजदूत सइद हमदान मोहमद अल नाक्बीबीच भेटवार्ता भएको छ ।
मन्त्री बिस्ट र राजदूत नाक्बीबीचको भेटवार्तामा युएईमा रहेका नेपाली कामदारका व्यवसायिक सुरक्षा, गुणस्तरीय कार्यवातावरणको सुनिश्चितता लगाय विषयमा छलफल भएको जनाइएको छ ।
भेटवार्तामा नेपाल र युएईबीच निकट भविष्यमा नै श्रम सम्झौता गर्ने दुवै पक्षबाट तयारी अगाडि बढेको जानकारी समेत आदानप्रदान भएको मन्त्रालयका सह–सचिव कृष्ण प्रसाद ज्ञवालीले जनाएका छन् ।
मन्त्री बिष्टले नेपाली कामदारको स्वास्थ्य परीक्षण नेपालकै सरकारी अस्पतालबाट गराइ पठाउने व्यवस्था हुन लागेको बताए । जवाफ राजदूत नक्बीले सकरात्मक प्रतिक्रिया दिए ।
