
काठमाडौं, २५ चैत– भारतको तीनदिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
ओली आइतवार साँझ काठमाडौं पुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएका सम्झौता तथा छलफलबारे जानकारी गराए । परराष्ट्रमन्त्री ज्ञवालीले सडक, रेल र जलमार्गको बिस्तारका सम्बन्धमा दुई देशबीच महत्वपूर्ण सम्झौता भएको र ती सम्झौता नेपालीका लागि उपलब्धिमूलक भएको बताए ।