०७ असार २०८३, आइतबार

स्थानीय तहले औषधि खरिद नगर्दा हुम्लामा चरम अभाव

चैत २६, २०७४
स्थानीय तहले औषधि खरिद नगर्दा हुम्लामा चरम अभाव

सिमकोट, २६ चैत– हुुम्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निःशुुल्क वितरण गर्ने औषधिको अभाव भएको छ । स्थानीय सरकारका रूपमा रहेका गाउँपालिका तथा वडा कार्यालयले वार्षिक योजनामा विनियोजन गरेको बजेटबाट औषधि खरिद नगर्दा स्वास्थ्य चौकीमा औषधिको चरम अभाव भएको हो । 

रुघाखोकी तथा ज्वरो आएपछि एक दिन पैदल हिँडेर स्वास्थ्य चौकीमा चेकजाँचका लागि पुुग्नुभएका ताँजाकोट गाउँपालिका–३ मासपुुरका जोख्या बुढाले औषधि नपाएको बताउनुुभयो । मासपुर सदरमुुकाम सिमकोटदेखि चार दिन पैदल दूरीमा पर्छ । 

सर्केगार्ड गाउँपालिकाका आठवटै वडाले औषधि खरिदका लागि एक÷एक लाख रुपैयाँको बजेट विनियोजना गरे पनि हालसम्म कुुनैले पनि खरिद प्रक्रिया अगाडि नबढाएको गाउँपालिकाका स्वास्थ्य इन्चार्ज सन्तोष धामीले बताउनुुभयो । 

हुुम्लामा २६ वटा स्वास्थ्य चौकी, आठवटा सामुुदायिक स्वास्थ्य क्लिनिक र एउटा जिल्ला अस्पताल रहेको जिल्ला अस्पतालका डाक्टर रञ्जितकुुमार यादवले बताउनुुभयो । उहाँले जिल्लाले खरिद गर्ने औषधि सबै खरिद भएर आइसकेको र औषधि एकदेखि तीन चरणसम्म स्वास्थ्य चौकीलाई वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताउनुुभयो ।, गोरखापत्रमा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्