१९ असार २०८३, शुक्रबार

पाँच तारे होटलको क्यासिनोमा अवैध मदिरा

चैत २६, २०७४
पाँच तारे होटलको क्यासिनोमा अवैध मदिरा

बुटवल, २६ चैत– केही महिना अगाडिदेखि मात्र सञ्चालनमा आएको रूपन्देहीको तिलोत्तस्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टले क्यासिनोमा अन्त शुल्क इजाजत बिना मदिरा विक्री गरेको खुलेको छ । यो दक्षिण एसियाको ठूलो क्यासिनो रहेको दाबी गरिएको छ । होटल र क्यासिनो सञ्चालक छुट्टाछुट्टै भए पनि सञ्चालकले होटलबाट मदिरा लिएर क्यासिनोमा बेच्ने गरेकाे पाइएको हो । 

होटल र क्यासिनोको प्यान नम्बर पनि अलग–अलग हुनुपर्छ । होटलको प्यान नम्बर पनि सुपर हेरिटेजको नाममा रहेको छ ।  राजश्वका प्रमुख कर अधिकृत अर्जुन ढकालले क्यासिनो सञ्चालनको अनुमति लिएको रिसोर्टले मदिराको अनुमति लिन पटक–पटक आग्रह गरेपनि नमानेपछि छापा मारिएको लोकान्तरलाई बताए ।

प्रहरीसहित पुगेको अनुसन्धानको टोलीले क्यासिनोमा छापामारी मदिरा नियन्त्रणमा लिएको छ । ढकालका अनुसार ३ लाख रुपैयाँ बराबरको १ सय २१ बोतल मदिरा नियन्त्रणमा लिइएको छ । 

हङकङका लगानीकर्ताको ५ अर्ब २० करोड रुपैयाँ लगानीमा पाँच तारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको हो । क्यासिनो निर्माणमा मात्रै दुई अर्ब लगानी गरिएको छ । रिसोर्ट बुद्धजन्मस्थल लुम्बिनीदेखि १९ किलोमिटर र भारतको सुनौलीदेखि ८ किलोमिटर मात्रै टाढा छ ।

salt training

कमेन्ट गर्नुहोस्