२८ जेठ २०८३, बिहीबार

१४ वर्षीय सुमनकुमारले रक्सी पिएर पाँच वर्षीया बालिकालाई गरे बलात्कार !

१४ वर्षीय सुमनकुमारले रक्सी पिएर पाँच वर्षीया बालिकालाई गरे बलात्कार !

धनुषा, २६ चैत-धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । 

बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो । 

बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्