
काठमाडौं, २६ चैत– फरार प्रतिवादीहरु लुकेको आशंकामा प्रहरीले सोमवार कलंकीका दर्जनौं होटेल, लज तथा खाजाघरमा एकैपटक छापा मारेको छ ।
कलंकीमा छापा मार्न महानगरीय प्रहरी बृत्त कालीमाटिका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रीको नेतृत्वमो १०० भन्दा बढी प्रहरी परिचालन भएका थिए ।
फरार प्रतिवादीहरु लुकेर बसेको सूचना पाएपछि छापा मारिएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।