२८ असार २०८३, आइतबार

उखु किसानको पैसा नदिने चिनी मिलका सञ्चालक पक्राउ

उखु किसानको पैसा नदिने चिनी मिलका सञ्चालक पक्राउ

सुनसरी, २६ चैत– सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ परेका छन् । किसानबाट उखु खरिद गरेर भुक्तानी नदिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । 

इस्टर्न सुगर मिलले किसानसँग उखु खरिद गरेवापतको ४४ करोड रुपैयाँ तिरेको थिएन । किसानबाट उखु खरिद गरेर पैसा नदिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएका थिए । 

उद्योग मन्त्रीकै निर्देशनअनुसार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी स्रोतले जनाएको छ ।

इस्टर्न सुगर मिलले गत चैत १० गते २२ गते (बिहीवार)देखि किसानको रकम भुक्तानी गर्ने प्रक्रिया शुरु गर्ने प्रतिबद्धता जनाएको थियो । तर उद्योगले रकम भुक्तानी गर्न अटेर गरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्