काठमाडौं, २८ मंसिर – सोमवार बिहान सिंहदरबारको मुख्यद्वार अगाडी एकजना मानिस आएर व्यस्त सडकमा सुते । व्यस्त सडकमा मानिस सुतेको देखेर सर्वसाधारण अचम्ममा परे । यी अपरिचित अनुहार ट्राफिक प्रहरीले अनाहकमा आफूलाई कारवाही गरेको भन्दै सडकमा सुतेका रहेछन् । घटनाको बास्तविकता बुझ्न खोज्दा ट्राफिक प्रहरीका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी आइनसकेको बताए । तस्वीरमा अर्का एक ट्राफिक प्रहरीले भने सुतेका व्यक्तिलाई उठाउन खोजेको देखिन्छ । उनको विरोधको नयाँ शैली तपाइलाईचाहीं कस्तो लाग्यो कुन्नी ?
.jpg?1481525564840)
.jpg?1481525530023)
तस्वीर सौजन्य : अनमोल शर्मा