२१ जेठ २०८३, बिहीबार

आईजीपी सर्वेन्द्र खनालले भने- जनअपेक्षा पूरा गर्छु

चैत २९, २०७४
आईजीपी सर्वेन्द्र खनालले भने- जनअपेक्षा पूरा गर्छु

काठमाडौँ, २९ चैत- नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित निवर्तमान महानिरीक्षक प्रकाश अर्यालसहित बुधबारै अवकाश पाएका एआईजीहरूको बिदाइ कार्यक्रममा आईजीपी खनालले प्रहरी संगठनलाई प्राप्त स्रोतसाधनको अधिकतम सदुपयोग गरी प्रहरीको छवि अझ उच्च बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘जुन अपेक्षा राखेर सरकारले मलाई यो जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन,’ उनको भनाइ थियो । उनले आफूलाई महानिरीक्षकको जिम्मेवारी दिएकामा मन्त्रिपरिषद्, प्रधानमन्त्री, गृहमन्त्री र निवर्तमान प्रहरी प्रमुखप्रति आभारसमेत प्रकट गरे, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्