२१ जेठ २०८३, बिहीबार

बाबुले जुन सुटकेसमा दाइजो पठाएका थिए, त्यसैमा भेटियो छोरीको शव

बाबुले जुन सुटकेसमा दाइजो पठाएका थिए, त्यसैमा भेटियो छोरीको शव

मुम्बई– भारतको इन्दिरापुरम क्षेत्रस्थित कनावली केएक नालामा प्रहरीले सुटकेशमा बन्द गरेको फ्याकिएको अवस्थामा एक महिलाको शब भेटको छ । दाईजोको निहुँमा साथीसँग मिलेर पति शिवम्ले पत्नी मालाको हत्या गरेको इन्दिरापुरमका प्रहरी अधिकारी धमेन्द्र चौहानले बताए ।  
मृतक २४ वर्षीय माला शनिबारदेखि हराएकी थिइन् र मंगलबार सुटकेसमा कोचेर फालिएको अवस्थामा नालीमा मृत भेटिएकी थिइन् । 
धम्रेन्द्रका अनुसार मालाको घाँटी रेटिएको र हातखुट्टा बाँधेर सुटकेसमा कोचेको पाइएको थियो । 
जुन सुटकेसमा मालाको शव भेटियो त्यही सुटकेशमा मालाका बाबुले दाइजो दिएका थिए । यद्यपी कम दाइजो दिएको भन्दै मालालाई पतिले यातना दिँदै आएको समाचारमा जनाइएको छ । 
सन् २०१६ मा फेसबुकमार्फत चिनापर्ची भएका उनीहरुबीच केहि पछि विवाह भएको बताइएको छ । 
परिवारका अनुसार माला ५ महिनाकी गर्भवती समेत थिइन् । 
–पन्जाव केसरी


 

salt training

कमेन्ट गर्नुहोस्