
धनगढी, ३० चैत– धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधिका लागि शुक्रवार साविकको विजेता तथा घरेलु टिम धनगढी चौराहा र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन । खेल दिउँसो साढे १२ बजेदेखि धनगढीको संघीय इकाई प्रहरी कार्यालयको मैदानमा शुरु हुने छ ।
काठमाडौं गोल्डेन्सलाई हराउँदै टिम चौराहा धनगढी फाइनल पुगको हो । काठमाडौंले बिहीवार महेन्द्रनगर युनाईटेडलाई पराजित गर्दै चौराहासँगको भेट पक्का बनाएको हो ।
उद्घाटन खेल खेलका टिमहरु नै प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन् । काठमाडौं गोल्डेन्सले उद्घाटन खेलमा ७ विकेटले हराएको बदला टिम चौराहा धनगढीले क्वालिफायरको पहिलो खेलमा लियो ।
उसले निकै रोमाञ्चक र सनसनीपूर्ण खेलमा १ विकेटको जित मात्रै निकालेन फाइनलमा स्थान सुरक्षित बनायो । जारी प्रतियोगितामा फाइनलमा पुगेका दुई टोली तेस्रो पटक भिड्न लागेका हुन । यसअघि भएका खेलमा एक÷एक जित निकालेका छन् ।