०२ असार २०८३, मंगलबार

विदेशी विनिमय सञ्चिति घटदो

चैत ३०, २०७४
विदेशी विनिमय सञ्चिति घटदो

काठमाडौं, ३० चैत-गत फागुनमा मुलुकको विदेशी विनिमय सञ्चिति १० खर्ब ४९ अर्ब रुपैयाँ छ । गत असारको तुलनामा यो २.८ प्रतिशतले घटेको हो । गत असारमा यस्तो सञ्चिति १० खर्ब ७९ अर्ब रुपैयाँ थियो । 

तर, गत माघको तुलनामा परिसूचकमा विदेशी विनिमय सञ्चितिमा खासै परिवर्तन नभएको राष्ट्र बैंकको तथ्यांक छ । चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११ महिना १ दिन वस्तु आयात र ९ महिना ७ दिन वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

व्यापार घाटा सवा ७ खर्ब चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलानमा यो २३ प्रतिशतले बढी हो । उक्त अवधिमा ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

सोही अवधिमा ७ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको राष्ट्र बैंकले जनाएको छ ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्