
काठमाडौं, ३० चैत- “योर पार्टनर फर प्रोग्रेस“ भन्ने नाराका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कमल निम्न माध्यमिक विद्यालयलाई रू २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा चेक विद्यालयका प्राचार्य एम बि खड्काललाई हस्तान्तरण गरियो । विद्यालयका प्राचार्य खड्काले उक्त रकम शिक्षकहरुलाई तलब सुबिधा प्रदान गर्न उपयोग गर्ने कुरा जानकारी दिए । कार्यक्रमलाई संबोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकास हुनु नितान्त आवश्यक रहेको बताए ।
एक प्रसङ्गमा बोल्दै प्रमुख कार्यकारी अधिकृत भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बताए ।