२३ जेठ २०८३, शनिबार

नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला

नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला

चितवन, ३० चैत- सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिँदै आएकोमा वैशाख १ गते नयाँ वर्ष मनाउनका लागि आवागमन खुल्ला गरिएको हो ।

आवागमन बन्द हुँदा यात्रुले लामो समयसम्म सडकमा प्रतिक्षा गरेर बस्नुपर्ने बाध्यता छ, भने खुलिसकेपछि पनि लामो समयसम्म सवारी जाम व्यहोर्नुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्