१३ असार २०८३, शनिबार

६५ औं भारतीय फिल्म अवार्ड– श्रीदेवी उत्कृष्ठ अभिनेत्री, ‘न्यूटन’ सबैभन्दा राम्रो फिल्म

६५ औं भारतीय फिल्म अवार्ड– श्रीदेवी उत्कृष्ठ अभिनेत्री, ‘न्यूटन’ सबैभन्दा राम्रो फिल्म

६५ औं भारतीय फिल्म अवार्डको घोषणा भएको छ । शेखर कपूर भारतीय फिल्म पुरस्कार घोषणा गर्ने समूहका प्रमुख हुन् । 

उनले समूहका अन्य सदस्यका उपस्थितिमा पुरस्कार घोषणा गरेका हुन् । 

यसपटक न्यूटन तथा बाहुबली द कन्क्लूजनले पुरस्कारमा कव्जा जमाएका छन् । 

राजकुमारको फिल्म न्यूटनलाई बेस्ट फिचर अवार्ड प्राप्त भएको छ भने वेस्ट एक्शन डाइरेक्टर तथा स्पेशल इफेक्टसको लागि बाहुबली २ले राष्ट्रिय पुरस्कार पाएका छन् । 

बेस्ट डाइरेक्शनको अवार्ड भयानकम मलयालम फिल्मले पाएको छ । बेस्ट एक्ट्रेसको पुरस्कार चलचित्र ममको लागि श्रीदेवीलाई घोषित गरिएको छ । 

बेस्ट एक्टरको पुरस्कार रिद्धि सेन बंगाली फिल्म नगर किर्तनले पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्