
धनगढी, ३० चैत– विगतको वर्षमा झै भोलि अर्थात बैशाख १ गते धनगढी दौडिने भएको छ ।
धनगढी जेसिसको आयोजनामा ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुन लागेको नवजीवन सहकारी धनगढी हाफ म्याराथुन प्रतियोगिता अायाेजना गरिन लागिएकाे हाे ।
आज (शुक्रवार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता मूल आयोजक समिति संयोजक एंव जेसिजका कार्यकारी उपाध्यक्ष कमल पनेरुले धनगढी हाफ म्याराथुनको तयारी पुरा भएको जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा पाँच सय बढी धावकहरुको सहभागिता रहने छ । जसको लागि सार्कमा सहभागी भैसकेका धावक छविलाल थापा सहितको छ सदस्यीस टोली धनगढी पुगेको छ ।
प्रतियोगिता अन्तरगत खुल्ला दौड तर्फ २१.५ किलोमिटरको दुरी रहने छ । दौडको बिजेतालाई ५१ हजार, उपबिजेतालाई २५ हजार र अर्को उपबिजेतालाई १५ हजारका साथै ट्रफी र प्रमााण पत्र प्रदान गरिने भएको छ ।
त्यस्तै, ५ किलोमिटरको कर्पोरेट मिडिया दौडमा प्रथम, द्धितिय तथा तृतिय हुनेलाई क्रमशः पाँच, तीन तथा दुई हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
दौड धनगढीस्थित क्षेत्रीय रंगशालाबाट सुरु हुनेछ ।