१३ असार २०८३, शनिबार

परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

चैत ३०, २०७४
परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

काठमाडौँ, ३० चैत- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका विदेशमन्त्री वाङ वीको निमन्त्रणामा आउँदो वैशाख २ गतेदेखि ७ गतेसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन्  । 
नयाँ सरकार गठनपछि नेपाल सरकारको सम्बन्धित मन्त्रीका हैसियतमा हुन लागेको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विस्वास गरिएको छ । 
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा वैशाख ४ गते मन्त्री ज्ञवालीले उहाँका समकक्षी वीसँग दुई पक्षीय वार्ता हुने उल्लेख छ  । चीनको बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्  । 

salt training

कमेन्ट गर्नुहोस्