३१ जेठ २०८३, आइतबार

सानिमा बैंकका सञ्चालकको घरमा घरेलु कामदारको मृत्यु : दोषीमाथि कारबाहीको माग

सानिमा बैंकका सञ्चालकको घरमा घरेलु कामदारको मृत्यु : दोषीमाथि  कारबाहीको  माग

काठमाडौँ, ३० चैत - सानिमा बैंकका सञ्चालकको घरमा घरेलु कामदार सिन्धुपाल्चोकका १४ वर्षीया रिता थामीको हत्यामा संलग्नलाई कारबाही गर्न नेपाल आदिवासी जनजाति महासंघ र नेपाल थामी समाजले माग गरेको छ । 

थामी समाजका अध्यक्ष सुखवीर थामीले गत फागुन २६ गते हत्या गरिएकी ती किशोरीको शव आफूहरुलाई नदेखाइएको, प्रहरीले किटानी जाहेरी लिन नमानेको, किशोरीको शव परिवारलाई सूचना दिनुअघि नै एकतर्फी रुपमा हिमालयन नर्सिङ होममा लगी मृत घोषणा गरेको तथा अस्पतालबाट एकतर्फी प्रतिवेदन तयार गर्न लगाएको जिकीर गरे  । शव अझै त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

केन्द्रीय बालकल्याण समिति ललितपुर, कानुनी सहायता तथा परामर्श केन्द्र, इन्सेक, सिविन, बाल हेल्पलाइन नेपाललगायतका अधिकारवादी संस्थाले पनि उक्त घटना शंकास्पद भएको जनाई छानबिन गर्न माग गरेका छन् । रासस 

salt training

कमेन्ट गर्नुहोस्