०३ असार २०८३, बुधबार

बन्दुकधारीद्वारा कर्मचारी अपहरित, कागजपत्रमा आगजनी

बैशाख ५, २०७५
बन्दुकधारीद्वारा कर्मचारी अपहरित, कागजपत्रमा आगजनी

अफगानिस्तान, ५ वैशाख - अफगानिस्तानमा बन्दुकधारीहरूले निर्वाचन कार्यालयमा आक्रमण गरी त्यहाँ रहेका कर्मचारीसहित पाँचजनालाई अपहरण गरेका छन् । 

अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारी रहेका छन् भने अन्य दुईजना कार्यालयमा सुरक्षामा खटिएका प्रहरी रहेका छन् । 

अपहरणकारीहरूले कार्यालयमा रहेको निर्वाचनसम्बन्धी काजगपत्रहरूमा आगजनीसमेत गरेको समाचारमा जनाइएको छ । 

अफगानिस्तानको घोर प्रान्तमा रहेको एउटा कार्यालयमा बन्दुकधारीहरूले मंगलबार आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् । 

लामो समयदेखि द्वन्द्वको चपेटामा परेको अफगानिस्तानमा आउँदो अक्टोबर २० तारिखका दिन संसदीय निर्वाचन हुन लागेको छ । 

“मतदाताहरूको नाम दर्ता गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले अलियार जिल्लामा रहेको स्वतन्त्र निर्वाचन आयोगको कार्यालयमा आक्रमण गरेर कर्मचारीहरूलाई अपहरण गरेका छन्”, प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद इक्वाल निजामीले एएफपीसँग भन्नुभयो । 

सरकारी अधिकारीहरूले घटनामा तालिवानी लडाकूहरू संलग्न भएको आरोप लगाएका छन् । 

प्रवक्ता निजामीले अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारीहरू र दुईजना प्रहरी रहेको जानकारी दिनुभयो । 

घटनाका बारेमा तत्काल अनुसन्धान शुरु गरिएको र घटनामा संलग्न तथा अपहरितहरूको खोजी अभियान चलाइसकिएको उहाँले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्