०३ असार २०८३, बुधबार

नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा सम्पन्न

नौ दिन आठ रातसम्म मनाइने  बिस्केट जात्रा सम्पन्न

भक्तपुर, ५ वैशाख - भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज रातिदेखि सम्पन्न भएको छ । 

गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ गःहिटीबाट रथ तानेर सम्पन्न गरिन्छ । 

विसंअनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ । 

जात्राको आज अन्तिम दिन साँझ गःहिटीबाट रथ तान्न शुरु गरिएको थियो । स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । बिस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्