
विराटनगर, ६ वैशाख– कोशी राजमार्गअन्तर्गत धनकुटामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा धनकुटा नगरपालिका ९ का १८ वर्षीय सरोज भण्डारीको मृत्यु भएको हो ।
त्यस्तै सोही ठाउँका २५ वर्षीय पवन भण्डारी तथा नाम नखुलेका ट्याक्टर चालक गम्भीर घाइते भएका छन् । को १ त ३११५ नम्बरको ट्याक्टर बुधबार साँझ ७ बजेतिर धनकुटा नगरपालिका ९ कोशी राजमार्गमा अनियन्त्रित भईदुर्घटनामा परेको भएको हो ।
उपचारका लागि जिल्ला अस्पताल धनकुटा लैजानेक्रममा सरोजको बाटोमै मृत्यु भएको हो । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।
यसैगरी बुधबार अपराह्न करिब ४ः३० बजे सोही ठाउँमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १५ प ४१६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सुनसरी वराहक्षेत्र नगरपालिका–७ का ४० वर्षीय मोतीराम राई र पछाडी सवार उनकी पत्नी ३२ वर्षीया सन्तोषी राई घाइते भएका छन् ।