
दाङ, ६ बैशाख- सरकारले सिन्डिकेट नियन्त्रण गर्दै यातायात समिति खारेजीको निर्णय गरेपछि यातायात प्रालि सञ्चालकहरू उत्साही देखिएका छन् । लामो समयदेखि समितिको सिन्डिकेट झेल्दै आएका उनीहरू अब स्वतन्त्र रूपमा व्यवसाय गर्न पाउनेमा आशावादी छन् ।
पहिले सरकार बलियो नहुँदा लामो समय दु:ख झेल्नुपरेको नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष वामदेव खनालले बताए । ‘पहिले पनि सिन्डिकेट गर्न नपाउने नियम थियो तर सरकारले कडाइ गर्न सकेको थिएन । अहिले सरकारको उपस्थिति महसुस भएको छ,’ उनले भने, ‘अब हामी ढुक्कसँग व्यवसाय गर्न सक्छौं । स्वतन्त्र रूपमा व्यवसाय गर्ने अधिकार बल्ल संरक्षण भएको छ ।’
यातायात समिति राजनीति गर्ने थलो मात्रै भएको गुनासो गर्दै खनालले अब प्रालिमार्फत राज्यलाई आर्थिक लाभ पनि हुने बताए, कान्तिपुरमा खबर छापिएको छ ।