२९ असार २०८३, सोमबार

साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह 'ए'मा

साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह 'ए'मा

काठमाडौं, ६ वैशाख– आगामी सेप्टेम्बरमा हुने १२औँ दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) प्रतियोतिगामा नेपाल र आयोजक बंगलादेश एकै समूह (समूह ए)मा परेका छन् । 

बंगलादेशको ढाकामा सार्वजनिक गरिएको साफ सुजुकी कपको ‘ड्र’अनुसार समूह ‘ए’मा नेपाल र आयोजक बंगलादेशसहित पाकिस्तान र भुटान रहेका छन् । यस्तै, समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपालले साफ च्याम्पियनसिप एकपटक पनि जित्न सकेको छैन । प्रतियोगिताको सर्वाधिक सातपटकको विजेता भारत समूह बीमा छ । भारतले माल्दिभ्स र श्रीलंकाको सामना गर्नेछ । समूह एको शीर्ष दुई स्थान ओगट्ने टोली सेमिफाइनलमा पुग्नेछन् । तीन टोली मात्र सम्मिलित समूह बीमा दुई टोली अन्तिम दुईमा पुग्नेछन् । 

ढाकाको बंगबन्धु रंगशालामा १९ भदौदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल ३० भदौमा हुनेछ । सन् १९९३ देखि पाकिस्तानबाट साफ च्याम्पियनसिप सुरु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्