२९ असार २०८३, सोमबार

सामसङ ग्यालेक्सी एस ९ प्लस (१२८ जीबी)को अग्रिम बुकिङ खुला

सामसङ ग्यालेक्सी एस ९ प्लस (१२८ जीबी)को अग्रिम बुकिङ खुला

काठमाडौं, ६ वैशाख- लोकप्रिय ब्राण्ड सामसङले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB को अग्रिम बुकिङ खुला गरेको छ ।

मंगलबारबाट शुरु भएको बुकिङ आगामी आइतबारसम्म जारी रहनेछ । उपभोक्ताहरूले www.S9prebooking.com मा गरेर अग्रिम बुकिङ गर्न सक्नेछन् ।

अग्रिम बुकिङ गर्ने उपभोक्ताले त्यसबापत ७२०० बराबरको Bottle speaker सहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको टिकट खरिदमा १५% सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०% छुट र साथै केजीएच होटेलमा ५००० मा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता हजार एमबी र एकवर्षे बिमा पनि प्राप्त गर्नेछन् ।

उपभोक्ताहरुलाई Galaxy S9+ 128 GB को १०९,९०० को मूल्य ५००० को क्यासब्याक उपलब्ध गराइने बताइएको छ । त्यसपश्चात् Galaxy S9+ को प्रभावकारी मूल्य रु १०४, ९०० रहनेछ ।

Galaxy S9+ 128 GB आगामी आइतबारदेखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा Midnight Black रङमा उपलब्ध हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्