१२ असार २०८३, शुक्रबार

प्रदेश टुक्र्याउने निर्णयको विरोधमा गुल्मीमा विशाल प्रदर्शन

कात्तिक २०, २०७४
प्रदेश टुक्र्याउने निर्णयको विरोधमा गुल्मीमा विशाल प्रदर्शन
तम्घास, २७ मंसिर — प्रदेश नम्बर पाँचबाट पहाडी जिल्ला अलग्याउने निर्णय फिर्ताको माग गर्दै गुल्मीमा सोमवार विशाल प्रदर्शन भएको छ ।


संयुक्त संघर्ष समितिको आह्वानमा भएको विरोध प्रदर्शनमा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको छ । सदरमुकाम तम्घासमा आयोजित विरोधसभालाई नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्दैछन् ।

विरोध कार्यक्रममा गुल्मीका महिलाको उल्लेख्य सहभागिता रहेको छ ।

पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा संविधान संशोधन दर्ता गरेपछि गुल्मी जिल्ला १२ दिनदेखि बन्द छ ।

salt training

कमेन्ट गर्नुहोस्