०७ असार २०८३, आइतबार

भारतीय दूतावास सम्पर्क कार्यालयमा बम विस्फोट- विप्लवका जिल्ला इन्चार्ज पक्राउ

बैशाख १०, २०७५
भारतीय दूतावास सम्पर्क कार्यालयमा बम विस्फोट- विप्लवका जिल्ला इन्चार्ज पक्राउ

विराटनगर, १० वैशाख- विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालयमा वम विस्फोट गराएको अभियोगमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।  विप्लवको पार्टीका मोरङ जिल्ला ईन्चार्ज युगेन भन्ने उदय राई तथा ताप्लेजुङका विप्लवका कार्यकर्ता भिम लिम्बु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत वैशाख ३ गते राति सवा आठ बजे विराटनगर १३मा रहेको भारतीय राजदूतावास सम्पर्क कार्यालयको पश्चिम तर्फ रहेको खुल्ला चौरमा बम बिष्फोट भएको थियो । विस्फोटबाट सम्पर्क कार्यालयको पर्खाल तथा स्थानीय देवकान्त झाको घरको झ्यालको सीसा समेत फुटेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार विसीका आनुसार अनुसन्धानका आधारमा आईतवार बिराटनगर–१ बाट राई र लिम्बु दुबैलाई पक्राउ गरिएको हो । विूफोटमा अन्य ब्यक्तिहरुको पनि संलग्नता रहेकोले उनीहरुको समेत खोजी भईरहेको प्रहरी उपरिक्षक विसीले जानकारी दिए ।

पक्राउ परेका राई मोरङ जिल्ला बेलबारी न.पा. ४का स्थायी वासी हुन् भने लिम्बु ताप्लेजुङ जिल्ला थुकिमा ७ का हुन् । प्रहरीका अनुसार पछिल्ला दिनमा विप्लवको गतिबिधि मोरङ उत्तरी क्षेत्रमा बढी देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्