
महाेत्तरी, १० वैशाख– राष्ट्रिय वाणिज्य बैंक बर्दिबास शाखा कार्यालयका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । प्रबन्धक काफ्लेलाई नेपाल सरकारबाट प्रदान गरिने सहुलियत दरको कृषि ऋणका लागि ऋणीबाट घुस बापद ५० हजार रकम लिइरहेकै अवस्थामा पक्राउ अख्तियारको टोलीले पक्राउ गरेको हो ।
बर्दिबास–९ स्थित गाई फर्मका लागी स्वीकृत भएको १० लाख ऋणमा काफ्लेले ५ प्रतिशत अर्थात ५० हजार कमिशन मागेपछि सेवाग्राहीले अख्तियार दुररुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यलयललाई खबर गरेका थिए । अख्तियारको टोलीले उनलाई कार्यकक्षबाटैे सोमबार पक्राउ गरेको हो ।