१९ असार २०८३, शुक्रबार

एभर्टनलाई विजयी बनाउन वालकोटको गोल नै निर्णायक

बैशाख ११, २०७५
एभर्टनलाई विजयी बनाउन वालकोटको गोल नै निर्णायक

काठमाडौं, ११ वैशाख– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले न्युक्यासललाई १–० ले हरायो ।

खेलको ५१ औँ मिनेटमा थियो वालकोटले गरेको गोल नै एभर्टनको जितमा निर्णायक बन्यो । जितसँगै एभर्टन आठौँ स्थानमा उक्लिएको छ । 

लिगका तीन खेल बाँकी हुँदा उसको ४५ अंक भएको छ । १० औँ स्थानको न्युक्यासलको चार खेल बाँकी हुँदा ४१ अंक रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्