३१ जेठ २०८३, आइतबार

दाताका सर्तले अड्कियो पैसा

बैशाख १२, २०७५
दाताका सर्तले अड्कियो पैसा

काठमाडौँ, १२ बैशाख-  दातृ मुलुक तथा निकायले ऋण तथा अनुदान सहयोगका लागि विभिन्न सर्त राख्दा पुनर्निर्माणमा प्रतिबद्धताअनुसारको पैसा आउन सकेको छैन । सरकारसँग सम्झौता भएको रकमको पनि न्यून मात्र खर्च भएको छ । दाताको सहयोग घोषणाले उत्साही पीडितलाई यसले राहतभन्दा बढी आहत बनाएको छ ।

भूकम्पको तीन महिनापछि काठमाडौंमा भएको दाता सम्मेलनमा दातृ निकाय तथा मुलुकहरूले घोषणा गरेको सहयोग प्रतिबद्धतामध्ये ७२ प्रतिशत रकमको मात्र सम्झौता भएको छ । पुनर्निर्माणमा अहिलेसम्म प्रतिबद्धता गरिएको रकमको १७ प्रतिशत मात्रै खर्च भएको छ । दाताहरूले २०७२ असारमा भएको दाता सम्मेलन र त्यसअघि गरी ५ वर्षभित्र पुनर्निर्माण अभियानमा सघाउन ४ खर्ब ४० अर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

तर सबै पक्षको र सम्मेलनअघि नै गरिएका प्रतिबद्धता रकम कटाउँदा ३ खर्ब ४३ अर्ब २१ करोड ९३ लाख रुपैयाँ पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता आएको तथ्यांक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग छ । यो रकममध्ये २ खर्ब ६२ अर्ब ८० करोड ५० लाख रुपैयाँको कार्यक्रम सञ्चालन गर्ने गरी सरकारसँग सम्झौता भइसकेको छ । जुन वास्तविक प्रतिबद्धता रकमको ७२ प्रतिशत हो, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्