०२ असार २०८३, मंगलबार

भूकम्पपछिका तीन वर्षमा कति बने जनताका घर ?

बैशाख १२, २०७५
भूकम्पपछिका तीन वर्षमा कति बने जनताका घर ?
हनुमान ढोका दरबारस्थित गद्दी बैठकको पुनःनिर्माण गरिँदै

काठमाडौँ, १२  वैशाख - भूकम्पपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि तीन वर्षमा एक खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क, चीन, युरोपियन युनियन, विश्व बैङ्क, भारत, अमेरिका लगायतका दातृ निकायको सहयोगमा पुनःस्थापना तथा पुनःनिर्माणका लागि पैसा खर्च गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । 
प्राधिकरणले तेस्रो भूकम्प स्मृति दिवस पारेर मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म एक लाख १९ हजार १८२ घरको निर्माण सम्पन्न भइसकेको छ । भूकम्पमा प्रभावित ३१ जिल्लाका सात लाख ६७ हजार ७०५ लाभग्राही घर निर्माणका लागि छनोट भएका थिए ।
प्राधिकरणले करिब चार लाख ३० हजार ८९ लाभग्रहीले भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेको जानकारी दिएको छ । घर निर्माण गरिरहेका दुई लाख १८ हजार ४३४ लाभग्राहीले आगामी वर्षभित्र घर निर्माण गरिसक्ने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले बताए  । 
काठमाडौँ उपत्यकाका तीन जिल्लाका करिब एक लाख लाभग्राहीमध्ये निकै थोरैले मात्र निजी घर बनाएको प्राधिकरणले जानकारी दिएको छ । सहरी क्षेत्रमा घर निर्माणको लागत अत्यन्तै बढी भएको र सरकारले दिने सहुलियत र निब्र्याजी ऋण सहज तरिकाले उपलब्ध नहुँदा प्रगति कम छ, गोरखापत्रमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्