३१ जेठ २०८३, आइतबार

बलात्कारी ‘धर्मगुरु’ आसारामलाई आजीवन जेल सजाय, को हुन् उनी ?

बैशाख १२, २०७५
बलात्कारी ‘धर्मगुरु’ आसारामलाई आजीवन जेल सजाय, को हुन् उनी ?

नाबालिगसँग बलात्कारको अभियोगमा भारतको जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दाषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ । 

आसारामसहित शिवा, शरतचन्द्र, शिल्पी तथा प्रकाश पनि यो मामलामा अभियुक्त थिए । 

अदालतले शिल्पी तथा शरतचन्द्रलाई २०–२० वर्षको सजाय सुनाएको छ । 

प्रकाश र शिवा भने छुटेका छन् । 

शरतचन्द्र छिदवाडा आश्रमका निर्देशक थिए जहाँ नाबालिक किशोरीको पढाइ हुने गरेको थियो । 

७७ वर्षका आसारामले जोधपुरको नजिक बनाइएको आश्रममा २०१३ मा १६ वर्षकी किशोरीमाथि बलात्कार गरेका थिए । किशोरीका आमा बुवा आसारामका भक्त थिए । 

एक दिन आसारमको छिन्विाडा आम्रमको स्कूलमा जब किशोरी लडेर घाइते भइन् तब उनका बाबु आमाले आसारको जोधपुरस्थित आश्रममा लागेका थिए । प्रहरीका अनुसार युवतीका आमा बुबासँग किशोरीमाथि भूत प्रेतले सताएको र उनको उपचार बाबाले नै गरिरहेको बताएका थिए । 

प्रहरीका अनुसार जब किशोरी जोधपुरको आश्रममा पुगेत तब आसारामले किशोरीसँग बलात्कार गरेका थिए । 

१५ अगस्ट २०१३ मा आसारामको यौन दुव्र्यवहारपछि किशोरीले यसको उजुरी दिल्लीमा २० अगस्टको दिन दिल्लीको एक प्रहरी स्टेशनमा गरेकी थिइन् । 

यसपद्धि आसारामलाई इन्दोरमा गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि आसारामका समर्थकले भारी हंगामा तथा प्रदर्शन गरेका थिए । 

 को हुन् आसाराम ?

साठीको दशकमा आसारामले लीलाशाहबाट आध्यात्मिक दीक्षा लिएपछि सन् १९७२ मा भारत अहमदाबाद भन्दा लगभद १० किलोमिटर टाँढा मुटेरामा आफ्नो कुटी बनाएका थिए । 

यहीबाट उनको साम्राज्य खडा हुन शुरु भएको थियो । उनको आध्यात्मिक काम विस्तारै विस्तारै गुजरातको शहर हुँदै देशभर नै फैलिएको थियो । फेरि नेपाल लगायत विदेशमा पनि फैलिएको थियो । 

२०१६ मा भारतको आयकर विभागले आसारामको २ हजार ३ सय करोडको अघोषित सम्पत्ति सार्वजनिक गरेको थियो । 

आसारामको विश्वभर ४ सय आश्रम रहेको र त्यसको माध्यमबाट भक्तहरुबाट रकम उठाउने गरेको समाचारहरु सार्वजनिक भएका थिए । 

भक्तले दिएको रकमबाट उनले कारोबार बढाए । त्यसबाट पत्रिका, प्रार्थना पुस्तक, सीडि, साबुन आदीको व्यापार पनि शुरु गरे । 

त्यति मात्र होइन आश्रमको नामममा कयौं एकड जमिन पहि हडपिएको थियो । आश्रमबाट प्रकाशन हुने दुई पत्रिका ऋषिप्रसाद तथा लोक कल्याण सेतुको १४ लाख कपी विक्रिहुने गरेको थियो । जसबाट वार्षिक १० करोड भन्दा धेरै रकम कमाइ हुने गरेको थियो ।

भक्तलाई आकर्षित गर्न आसारामले आफ्नो प्रवचनपछि निशुल्क खाना खाने व्यवस्था समेत गरेका थिए । जसका कारण उनका समर्थकको वृद्धिसमेत भएको थियो । 
आसारामको आधिकारिक वेभसाइटका अनुसार आज विश्वभर उनका चार करोड अनुयायी छन् ।

उनको भक्तको सूचीमा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीका साथ साथ भारतीय जनता पार्टीका लालकृष्ण आडवाणी तथा नितिन गडकरी, नरेन्द्र मोदी जस्ता दिग्गज नेतापनि सामेल छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्