
काठमाडौं, १३ वैशाख– उत्तर कोरियाली नेता किम जोन उन भोलि(शुक्रवार) दक्षिण कोरिया भ्रमणमा जाँदैछन् ।
उत्तर कोरियाली नेताको दक्षिणको भ्रमण ६५ वर्षयताको पहिलो हो ।
उत्तर कोरियाली नेतालाई सीमा क्षेत्रबाट वार्तास्थल पानमोनजमसम्म दक्षिणका सेनाले सम्मानसहित स्कर्टिङ गरेर लैजाने रोयटर्सले जनाएको छ ।
किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच साढे दशबजे वार्ता सुरु हुने छ । किम साढे ९ बजे बोर्डर क्रस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
वार्तामा आणविक निशस्तृकरण, कोरियाली प्रायद्विपमा शान्ति कायम गर्ने विश्वास लिइएको छ ।
दुई कोरियाबीचको वार्तालाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।
किम आफ्नी बहिनीसहित ९ जनाको टोली लिएर दक्षिण जाने छन् ।
आफूलाई विश्वको सर्वशक्तिमान देश ठान्ने संयुक्त राज्य अमेरिका लगायत अन्य शक्तिशाली देशका लागि ठूलो चुनौती बनिरहेका छन्, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन । उनै किम शुक्रबार दक्षिण कोरिया जाँदैछन् । उत्तरका नेता ६५ वर्षपछि दक्षिण कोरिया जान लागेका हुन् ।
किमको सुरक्षा
उत्तरका सर्वोच्च नेता उन कति सुरक्षित छन् त रु संसारका धेरै मानिस उनको सुरक्षा व्यवस्थाबारे जान्न उत्सुक हुन्छन् नै ।
त्यसो त संसारका अन्य मानिसले उनलाई प्रत्यक्ष देख्न पाएका छैनन् । बेला बेलामा उनका तस्वीर मात्रै सार्वजनिक गरिन्छन् । उनको जीवनबारे विश्वका निकै कम मानिसलाई मात्रै थाहा छ ।
किमले केही समय अघिमात्र पहिलो विदेश भ्रमणका रुपमा चीन गएका थिए । उनको भ्रमण पनि उनी चीनबाट फर्किएपछि मात्र सार्वजनिक भएको थियो ।
सन् २०११ मा सत्ता सम्हालेयता औपचारिक रुपमा चीन गएको समाचारहरु सार्वजनकि भएका थिए । उनी विदेश भ्रमण गर्न रुचाउँदैनन् ।
अमेरिकी खुफिया एजेन्शीको एक रिपार्टका अनुसार उत्तर कोरियाली नेता उनको सुरक्षाको लागि सैनिक निपूर्णता भएका व्यक्ति मात्र होइन विचारधारामा पनि स्पष्ट भएका सैनिक खटाइने गर्छ ।
साम्यवादी व्यवस्था रहेको उत्तर कोरियाका सर्वोच्च नेताको सुरक्षाको लागि विचारधारामा प्रतिवद्ध सैनिकसहित अन्य सैनिकको घेरा समेत रहने गर्छ । सशस्त्रसहित विना हतियारका सुरक्षाकर्मीलाई समेत उनको सुरक्षामा खटाइन्छ ।
किम जोङ उनको सुरक्षामा यतिसम्म ख्याल गरिन्छ कि उनी सहभागी हुने टोलीमा उनीजस्तै देखिने अन्य दुई–तीन जना व्यक्ति पनि हुन्छन् । त्यसको उद्देश्य हो, कसैले किम को हुन् भनेर चिन्न नसकोस् । सार्वजनिक कार्यक्रमहरुमा जाँदा समेत निकै सचेत रहने उनको पूर्वसुरक्षा तयारी समेत निकै कडा हुने गर्छ ।
दक्षिण कोरियाको एक सरकारी एजेन्शीले केही वर्ष अगाडि सार्वजनिक गरेको रिपोर्टमा उनलाई ज्यानको खतरा रहेको उल्लेख थियो । किम आफ्नो हत्या हुन सक्ने डरमा सधैं रहन्छन् । अमेरिकाले आफ्नो हत्या गर्न जासुष परिचालन गरेको आरोप पनि उनले बारम्बार लगाइरहन्छन् ।