१३ असार २०८३, शनिबार

दुई साता बालुवाटारमै रोकिए प्रधानमन्त्री

बैशाख १४, २०७५
दुई साता बालुवाटारमै रोकिए प्रधानमन्त्री

काठमाडौँ, १४ बैशाख- कार्यकक्ष अभाव भएपछि सिंहदरबार पुनर्निर्माण सचिवालयलाई पत्राचार गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । ‘सचिवालयलाई १६ वटासम्म कोठा उपलब्ध हुने गरी छिटो व्यवस्थापन गरिदिन पत्राचार गरेका छौँ, विभिन्न विकल्पमा छलफल चलिरहेको छ,’ कुँवरले भने, ‘कार्यालय व्यवस्थापन हुन नसकेका कारण सहसचिवज्यूहरूलाई जिम्मेवारी तोकिए पनि दैनिक कामकाज आरम्भ गर्न सक्नुभएको छैन ।’

महाशाखाहरू थपिएसँगै प्रधानमन्त्रीको कार्यकक्ष र क्याबिनेट बैठक हलको मर्मत–सम्भार भएकाले प्रधानमन्त्री केपी ओली दुई साताभन्दा बढी सिंहदरबारस्थित कार्यालय गएनन् । भारत भ्रमणअघिसम्म कार्यालय गएका ओली मर्मत–सम्भार सकिएपछि बिहीबार अपराह्न ३ बजेपछि कार्यालय पुगेका हुन् ।
आजको नयाँ पत्रिकाका अनुसार प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । जसकारणले प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्