
काठमाडौं, १४ वैशाख– युरोपा लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनल र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ६१ औं मिनेटमा एलेक्सजेन्डर लाकाजेटले घरेलु टिमलाई अग्रता दिलाए ।
आर्सनल विरुद्ध एन्टोनी ग्रिजमनले ८२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले १० खेलाडीमा झरेको एथ्लेटिको विरुद्ध एक गोलको अग्रता जोगाउन सकेन ।
एथ्लेटिकोका सिमे भिरसाल्को १० औं मिनेटमा नै दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा पाहुना टिम दश खेलाडीमा झर्न पुग्यो । अन्तमा आर्सनलले बरारीमा चित्त बुझायो । अब दोस्रो लेग एथ्लेटिकोको मैदानमा हुनेछ ।