काठमाडौं, २७ मंसिर — भारतको दक्षिणी राज्य तमिलनाडुमा वर्धा नामक चक्रवातका कारण दुईजनाको मृत्यु भएको सरकारले जनाएको छ ।

चक्रवातका कारण तमिलनाडुको राजधानी चेन्नईको जनवीवन ठप्प भएको छ ।
चक्रवात १३० किलोमिटर प्रतिघन्टाको वेगमा हुँइकिरहेको छ ।
बेलुकी सबा ६ बजेसम्म चक्रवात हटिसक्ने अनुमान गरिएको छ ।
सरकारले सुरक्षाका सबै कदम उठाइरहेको बताइएको छ । उद्धार समूहहरू तमतयार भएर बसेका छन् । तटीय क्षेत्रका मानिसलाई अन्तै सारिएको छ अनि लडेका रुखहरू हटाउन थालिएको छ ।
चेन्नईमा ६ सेन्टिमिटर वर्षा भइरहेको छ ।
द हिन्दु