
काठमाडौं, १४ वैशाख– माध्यमिक शिक्षा परीक्षाअन्तर्गत कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । आज बिहान ७ बजेदेखि परीक्षा शुरु भएको हो ।
कक्षा १२ मा २ लाख ८ हजार २७६ छात्र र २ लाख छ हजार ९७५ छात्रा गरी कूल ४ लाख १५ हजार २५२ परीक्षार्थी सहभागी छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंबाट कक्षा १२ मा ६१ हजार ९ सय २६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् ।