०३ असार २०८३, बुधबार

ग्यास बुलेट सडकबाट त्रिशूली नदीमा खस्यो, चालकको मृत्यु

बैशाख १४, २०७५
ग्यास बुलेट सडकबाट त्रिशूली नदीमा खस्यो, चालकको मृत्यु

धादिङ, १४ वैशाख- धादिङको मलेखुस्थित त्रिशूली नदीमा शुक्रबार बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । 

काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं. को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्